नबराज बिकको हत्या बिरोधमा शिल्पि संघ नेपाल कुवेतको बिरोध


कुवेत, शिल्पि संघ नेपाल कुवेतले नबराज बिकको हत्याको बिरोध गरेको छ । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको घटनाको घोर निन्दा सहित संघले बिज्ञप्ती निकालेर बिरोध जनाएको छ ।

प्रेस बिज्ञप्तीको पुर्ण पाठ

मिति- २५ मे २०२०

आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनी लगायत विश्वभरी छरीएर रहनु भएका पुर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपाली जनहरुमा एउटा जर्जर दुखदाय घटनाको बारेमा ध्यान केन्द्रित गराउन चाहान्छौँ कि जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.४ राना गाउँका नवराज बि क र पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं.८ सोतीकि सुस्मा मल्ल बिच प्रेम सम्बन्ध भएको र सुस्मा मल्लले बिबाहका लागि प्रस्ताव गरेपछि नवराज बिकले सुस्मा मल्लसंग बिवाह गर्नका लागि साथमा ६ जना युवा साथीहरु लिएर सुस्मा मल्लको गाउँ सोती गएको अवस्थामा जातियताको बिषयलाइ लिएर सुस्मा मल्लका माइती पक्षले नवराज बिकको बर्बर हत्या गर्नुका साथै उनका एक जनाता साथिको पनि हत्या भएको र अरु ५जना युवा साथी बेपत्ता पारिएको घटना प्रती शिल्पी संघ भत्सर्ना गर्दै मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

आज को एक्काइसौं शताब्दीमा पनि एउटा सानो जाती भनेर एउटा मान्छेले अर्को मान्छेलाई मान्छे नै हो भन्ने समेत हेक्का नराखेर जातिय भेदभाव गरेर हत्या गर्ने मानव रुपि २१सौ शताब्दीका राक्षसहरुको घृणित कार्यको निन्दा गर्दै यस्ता दानवहरुलाइ राज्यले कानुनको दायरा भित्र लियर हदै सम्मको कार्यवाही गरोस भनी शिल्पी संघ नेपाल कुवेत नेपाल सरकारसङ्ग जोरदार माग गर्दछ सथै राज्यले दलितको दायरा भित्र राखेका शिल्पीसमुदायका नेता, कार्यकता, समाजिक अभियान्ता संघ ,सस्था समजा लगायत सम्पूर्ण न्यायी प्रेमी नेपालीहरुले आ-आफ्नो ठाउँबाट दोषीलाई कार्वाही गर्न र पीडितलाई न्याय दिलाउन को लागि शिल्पी संघ नेपाल कुवेत हार्दिक अपील गर्दछ सथै मृतकलाइ सहिद र बेपत्तालाई सर्वजानिक गर्न शिल्पी संघ राज्यसँग जोरदार माग गर्दछ ।

२०७७ जेष्ठ १२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको