रुकुम पूर्ब । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कन्तो, जापानले करिशमा पुनलाई आर्थिक सहयोग गरेको छ । कक्षा १० मा अध्यनरत १६ बर्षका ब्लड क्यान्सरका बिरामी करिशमा पुनलाई उपचारका लागि समितिले सहयोग गरेको हो ।
बिपन्न परिवारका करिशमा केही महिना अगाडी नेपालगन्जमा उपचारको क्रममा ब्लड क्यान्सर देखिएको थियो । त्यसपछि नेपालगन्जले काठमाडौको सिभिल हस्पिटलमा रिफर गरेकोले अहिले सिभिल हस्पिटलमा उनको उपचार भइरहेको छ ।
कोरोनाको कहरभित्र अस्पतालको बेडमा जीवन र मृत्युसंग जुधिरहेका पुनको उपचार खर्च अभाव भएपछी जनसम्पर्क समिती जापानले पुनलाई रु. एक लाख तीस हजार सहयोग गरेको हो । सहयोग रकम नेपाली कांग्रेस रुकुम पुर्ब जिल्ला प्रदेश सभा (क) का उम्मेदवार ध्रुब पुन “गुमाने” ले आजै हस्तान्तरण गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस