नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बीर

जेठ १२, काठमाडौं । सोमबार विहान ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमित हुनेमा धनुषामा ३ , कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप नयाँ संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहेका छन्।

१२ जेष्ठ २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको