प्रहरीसँगको भीडन्तमा लागुऔ’षध कारोबारीको मृ’त्यु


जेठ १२, जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका -७ सहसौलामा गए राति लागुऔ’षध कारोबारीसँग प्रहरीको भी’डन्त हुँदा एक जनाको मृ’त्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर -७ निवासी १६ वर्षीय राजन यादव रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरीले घटनामा लागुऔ’षध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई प’क्राउ गरेको जनाइएको छ ।

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔ’षध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔ’षध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भी’डन्त भएको थियो ।

चारैतिरबाट घेरा हाली लागुऔ’षध कारोबारीले आ’क्रमण गर्न खोजेको र प्रहरीले आ’त्मरक्षाका लागि गो’ली चलाउँदा अभियु’क्त राजनको घटनास्थलमै मृ’त्यु भएको हो । उनीमाथि ६ राउण्ड गो’ली लागेको थियो ।

सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई प’क्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । घटनास्थलबाट केही मात्रामा लागुऔ’षध ना’इट्रोभे’ट पनि बरामद गरिएको छ ।

सो भी’डन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव ग’म्भीर घा’इते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ । रासस

२०७७ जेष्ठ १२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको