दाङमा यात्रुलाई मिनरलवाटर निशुल्क वितरण


बैशाख १३, दाङ । विभिन्न जिल्लावाट घर फर्किन लागिरहेका मजदुर तथा यात्रुलाई तुलसीपुरमा निशुल्क मिनरलवाटर वितरण गर्न थालिएको छ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हरेक यात्रुलाई एक बोत्तल निशुल्क रुपमा मिनरल वाटर वितरण गर्दै आएको संस्थाका अध्यक्ष खेम वलीले जानकारी दिए ।

विगत तीनदेखि राप्ती राजगर्मा अन्तरगत गोठी खोलामा यात्रुहरुका लागि निशुल्क मिनरल वाटर वितरण सुरु गर्दै आएको अध्यक्ष वलीले जानकारी दिए । यसैबीच वलीले तुलसीपुर उपमहानगर क्षेत्र भित्र निर्मित विभिन्न क्वारेन्टाईनहरुमा समेत विगत निशुल्क रुपमा जारको पानी उपलब्ध गराउँदै आइएको उनले बताए ।

एक महिना बढी समयदेखि जारी लकडाउनका कारण यात्रुहरुले बजारमा पानी समेत किन्न नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै निशुल्क रुपमा संस्थाले मिनरलवाटर वितरण सुरु गरेको अध्यक्ष वलीले जानकारी दिए ।

१३ बैशाख २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको