चैत १२, काठमाडौं । सरकारले चीनतर्फको नाका खुलाउने भएको छ ।
माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाइएको हो।
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको छ।
सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका बन्द गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।
यस्तो छ निर्णय
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यससम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने।
प्रतिक्रिया दिनुहोस