म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस्: प्रधानमन्त्री


चैत १२, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आग्रह गरेका छन्।

आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बसिदिन आग्रह गरेका हुन्।

बुधबार फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका हुन्।

‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।

१२ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको