कोरोना संक्रमण देखिएका युवक कतारबाट आएर होटलमा बसेका थिए: स्वास्थ्यमन्त्री ढकाल


चैत १२, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्री ढकालले भने, ‘ती व्यक्ति बसेको होटल, सम्पर्कमा आएको व्यक्तिको खोजतलास गर्ने, क्वारेन्टिनमा राख्ने, परीक्षण गराउने काममा पनि हामी विधिपूर्वक जुटिराखेका छौं।’

उनी होटलबाट अस्पताल आउँदा ट्याक्सीको प्रयोग गरेका थिए । सो ट्याक्सीको पनि खोजी भइरहेको छ । उनको अहिले टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार अगाडि बढाइएको छ।

नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजिटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।

१२ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको