एसिया ११ मा आईसीसी एसोसिएट राष्ट्रबाट सन्दीप लामिछाने


फागुन १३, काठमाडौं । एसिया ११ मा आईसीसी एसोसिएट राष्ट्रबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने छनोट भएका छन् ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आयोजना गर्ने वर्ल्ड ११ र एसिया ११ बीच दुई टी-२० म्याच खेलाउँदै छ ।

बीसीबीले बंगलादेशका संस्थापक शेख मुजीवको १०० औं जन्मजयन्तीको अवसरमा मार्च १८ र २१ तारिखमा यो म्याच खेलाउँदै छ ।

एसिया ११ मा नेपालबाट सन्दीप छनोट भएका हुन् भने भारतबाट विराट कोहली, केएल राहुल, शिखर धवन, ऋषभ पन्त, रासिद खानलगायत ६ खेलाडी परेका छन् ।

यो खेलमा विराटले खेल्ने निश्चित भएको छैन भने केएलले खेल्ने निश्चित भइसकेको छ ।

१३ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको