फागुन १३, काठमाडौं । अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाल रिहा भएका छन् ।
फागुन १ गते काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ परेका ढकाल आज धरौटिमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो । ढकाल रिहा भएपछि नेपाल वार एसोसिएसनको गाडिमा चढेर बाहिरिएका थिए ।
यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र व्याबहाको मुद्धा चलाएको थियो ।
संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन् । उनलाई फागुन ५ गते मध्य बानेश्वरबाट गिरफ्तार गरेको थियो । उनलाई अपराध महाशाखा, टेकुमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस