नेपालमै पहिलो पटक स्विमिङ कोर्स/लाइफगार्ड तालिम


काठमाडौं- नेपालमै पहिलो पटक स्विमिङ कोर्स/लाइफगार्ड तालिम हुने भएको छ । युएईमा रहेर स्विमिङ कोर्स/लाइफगार्ड तालिम सन्चालन गरिरहेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी कम्पनी सन्चालन गरिरहेका प्रबन्ध निर्देशक तथा नि:शुल्क प्राथमिक उपचार तालिमका अभियन्ता/ मुख्य प्रशिक्षक ओमप्रसाद उप्रेतीले उक्त तालिम आयोजना गर्न लागेका हुन् ।

लन्डनको हाइफिल एकेडेमी साथै आरएलएसएस युके र अमेरिकाको सरकारी मान्यताप्राप्त कम्पनीबाट वाटर रेस्क्यु सम्बन्धि लेबल ३ को प्रशिक्षणमा उत्कृष्ट भएका उप्रेती हाल युएईमा यही विधामा आफै कम्पनी संचालन गरेर बसेका छन् ।

१६ देखि ५० वर्ष उमेर समुहका युवायुवतीहरुलाई यो तालिम अति प्रभावकारी हुने र स्वदेश तथा विदेशमा पनि यो तालिमको व्यावसायिक महत्त्व हुने दाबी स्वीमिङ प्रशिक्षक समेत रहेका उप्रेतीले बताएका छन् ।

तालिममा भाग लिन इच्छुकलाई डिस्कभरी रोयल स्पोर्ट्सको काठमाडौं कार्यालय वा इन्बक्समा सम्पर्क गर्न ओम उप्रेतीले सुझाएका छन् ।

१३ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको