ओली समूहले गर्‍यो ७ प्रदेशमा संयोजक नियुक्त, कुन प्रदेशमा को ?


पुस ९, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको नेकपा ओली पक्षको बैठकले ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

जसअनुसार १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, २ नम्बर प्रदेशमा सत्यनारायण मण्डल, बाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ छन् ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट तोकिएका छन् ।

बिहीवारको बैठकले पार्टीहित विपरीतको काम गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको छ ।

९ पुष २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको