बादल ओली समूहतिर लागेपछि राजनीतिक सल्लाहकार ‘पथिक’ले छोडे साथ

सूर्य सुवेदी ‘पथिक’

पुस ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि उनका सहयोगीले साथ छोडेका छन्।

बिहीबार बालुवाटारमा बसेको ओली समूहको बैठकमा नेता बादल सहभागी भएपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले आफूले बादलसँगको साथ छाडेका हुन्।

केन्द्रीय सदस्यसमेत रहेका पथिकले फेसबुकमा स्टाटस लेख्दै बादलको साथ छोडेको जानकारी दिएका हुन् । उनले बादलको सचिवालय र राजनीतिक सल्लाहकारको दुवै भूमिकाबाट बाहिरिएको उल्लेख गरेका छन् । उनले राजनीतिक र नैतिक दृष्टिले बादलको सहयोगी नरहेको उल्लेख गरेका हुन्।

‘गृहमन्त्री आदरणीय क.रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउँछु’, उनले फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते आकस्मिक रुपमा प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद बढ्दै जाँदा दुई पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक सुरु गरेका छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा एउटा समूह बनेको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्वमा अर्को समूह बनेको छ।

केही दिन पर्ख र हेरको अवस्थामा बसेका बादल बिहीबार ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि उनका सहयोगीले साथ छोडेका हुन्।

९ पुष २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको