दशैंको सुरुवात कसरी भयो ?


ध्रुब पुन ‘गुमाने’
शिकारी युगमा एक शिकारीले जंगलबाट एउटा ढकुर मारेर ल्याएछ । ढुकुरले विभिन्न ठाउँमा खाएका अन्न भरिएको गाँड खान नमिल्ने देखेपछि फ्याँकेछ ।

ढुकुरको गाँड फालेको ठाउँमा कलकलाउदो पहेँलो सुन्दर बिरुवा उम्रीएछ । त्यस सुन्दर बिरुवालाई मानव जातिले राम्रो मानेर कानमा सिउरिने, माला उनेर टोपीमा लगाउन थाले । कहिँ कतै जादा वा शिकार खेल्न जादा फलिफाप हुने भएकोले सगुनको रुपमा लिन थाले । पछि त्यस बिरुवालाई रोप्दा अन्न फल्यो । त्यो अन्न खादा मान्छेको भोक मेट्ने र स्वास्थ्य पनि राम्रो भए पछि मानव जातिले खेती गरेर पृथ्वीमा पहिलो अन्न जौं फलाए ।

जौं चैत महिनामा पाकेको कारणले मानव जातिले प्रकृति प्रति खुशी व्यक्त गर्दै आफुले जितेको महसुस गरि प्रत्येक बर्ष चैतमा अन्न भित्र्याउदा उत्सवको रुपमा पर्व मनाउदै आए ।

कृषि क्रान्तिको सफलता संगै गहुँ, धान र मकैहरु पनि रोपि खेती गर्न थालियो । जौं र गहुँ चैतमा पाके भने धान मकै लगायत अन्य अन्नहरु असोज कार्तिकमा पाक्न थाले ।

अन्न दुई सिजनमा पाक्ने भएपछि मानव जातिले उन्याली र उभ्यालीको रुपमा खेती गर्न थाले । उभ्यालीलाई अहिले हामी वसन्त ऋतु भन्छौं भने उन्यालीलाई शरद ऋतु भन्छौं ।

वसन्त याममा हावाहुरी चल्ने, धुलो उड्ने, खडेरी लाग्नुका साथै प्रतिकुल मौसम भयो र शरद याममा स्वच्छ मौसम बाढिपहिरो नजाने हिलो धुलो नहुने चारैतिर ढकमक्क फुलहरु फुलेको सुन्दर बाताबरण, डुंगाहरु खियाउन सकिने खोला नदिहरु कहाँबाट तर्न सकिन्छ भनेर आकलन गर्न सकिने, नदिनालाहरु पनि बिस्तारै सुक्ने र टाढाटाढा पुगेका मान्छेहरु पनि आफ्नै गोत्रोमा फर्कन सक्ने भएको कारणले मानव जातिलाई वसन्त याम भन्दा शरद याम तिर आकर्षित भए र चैत महिनामा अन्न भित्र्याउने पर्व भन्दा असोज कार्तिकमा अन्न भित्र्याउने पर्वलाई बढी महत्व दिदै धुमदामका साथ मान्न थाले ।

त्यति बेला आकाशमा चन्द्रमा हेरेर औसि र पुर्णिामा चिनेर महिना र बर्ष छुट्याउदथे । तारा यहाँ छ, ध्रुबतारा कहाँ छ भनेर दिन र बारहरु छुट्याउने गर्दथे । यस्तै बिकास र अनुसन्धानको तिब्र गतिमा अगाडि बढेको मानव जातिले गन्ती गर्ने सिस्टमको बिकास भयो ।

गन्ती गर्न सक्नुका साथै चन्द्र पात्रोको प्रयोग गरियो । बिस्तारै पन्चमी, अष्टमी, नवमी, दसमीको प्रयोग गरियो र साल, गते र बारहरु प्रयोगमा ल्याइयो । गन्ती गर्दा चैत महिनामा बाली अर्थात अन्न भित्र्याउने पर्वलाई आठौं दिन अष्टमीमा र असोज कार्तिकमा अन्न भित्र्याउने पर्वलाई दसौं दिन दशमीमा मनाएको कारणले बाली अर्थात अन्न भित्र्याउने पर्वको नाम दशै रहन गएको हो ।

अहिले दशैंलाई कुनैले बिजया दशमी र कुनैले वडा दशै भन्ने गरिएको पाइन । मानव जातिले पृथ्वीमा पहिलो चैत महिनामा अन्न फलाउदा आफुले प्रकृति माथि बिजय गरेको कारणले बिजया दशमी भनियो भने पछिल्लो कालखण्डमा असोज कार्तिक महिनामा अन्न भित्र्याउदा वडा धुमधाम र तारबारले भित्र्याएको कारणले वडा दशै भनिएको हो ।

वडा दशै अर्थात बिजया दशमी भन्दा खासै फरक पर्दैन । यो पहिले देखि चल्दै आएको चलन हो । यसको प्रारम्भ नेपालबाट नै भएको हो । अरु देशबाट होइन । किन कि ? नेपाल हिमालको काखमा बसेको देश हो ।

अन्य देश भन्दा फरक छ, विभिन्न धर्म शास्त्र तथा पुराणहरुमा नेपाल अत्यन्तै प्राचीन भुमिको रुपमा बर्णन गरिन्छ । करिब तेह्र करोड बर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खला र उपत्यकाहरुमा पछि आएर प्राणीहरुको आकर्षण बिशेष रुपमा बढ्दै गएको पाइन्छ ।

पश्चिम नेपालको बुटवल क्षेत्रमा पाएको रामापिथेकस मानव अविशेषले एक करोड बर्ष भन्दा अगाडि देखि नै नेपालमा मानवको बसोबास शुरु भएको स्पष्ट छ ।

इतिहासको पछिल्लो कालखण्डहरुमा आफ्नो राजनीतिक स्वार्थका लागि कुनैले त्रेता युगमा रामले लंकामा बिजय प्राप्त गरेको देखि मैसासुर मारेको मिथक जोड्दै पृथ्वीनारायण शाहाको नेपाल एकीकरणसंग समेत जोडिरहेका छन ।

हुन त संयोगले त्यही तिथि मितिहरु परेको होला, पारिएको होला । तर वास्तवमा दशै पर्व परम्परा देखि नै आएका हौं । यो आदिवासी जनजातिको पर्व हो । आफ्नो संस्कृतिलाई नचिने घृणा गर्नु दुर्भाग्य कुरा हो । किन कि आदिवासी जनजातिका संस्कार संस्कृत मास्न विभिन्न कोणबाट ब्रामणवादीहरु लागेको पाइन्छ ।

हाम्रो धर्म भाषा भुमिलाई हतियार बनाई हामीलाई प्रयोग गरिरहेका छन् । यसमा सबै सचेत हुनु जरुरी छ । किनभने दशैसंग जोडिएको तिहार चाडले स्पष्ट पार्दछ । इतिहासलाई धेरै टाढा सम्म नकोट्याए पनि बाइसे चौबीसे राजा देखिको कुराले नै बुझाउदछ ।

बाइसे चौबिसे राजाहरुको पालामा दशैलाई राजा भागिदारहरुले राजा चुन्ने खेल तथा उत्सवको रुपमा मान्ने गर्दथे । प्रतिस्पर्धाको माध्यम बाट राजा चुन्ने गरिन्थ्यो, जसको उदाहरण गोर्खाको लिकलककोट लिन सकिन्छ ।

राजाको कार्यकाल मात्र एक बर्षको हुने गर्दथ्यो, अर्को सालको दशैमा पुनः चुनिनको लागि पनि परिक्षा हुने गर्दथ्यो । अर्को साल राजा हुन प्रजाहरुले राजाको चुनावमा सारिक हुन पाउथे । प्रतिस्पर्धामा योग्य वा सक्षम ब्यक्ति नै राजा हुन्थे । आज चुनिएको ब्यक्ति सधै योग्य र सक्षम रहिरहन सक्दैन भनि बर्सेनि राजा चुन्न चुनावको आयोजना गर्ने गर्दथे ।

त्यति बेला टीका र पगरी अहिले नागरिकता र प्रमाण पत्र जस्तो हुने गर्दथ्यो । टीका अहिलेको ठिक सहिछाप जस्तै हुने गर्दथ्यो भने पगरी अहिले चुनाव जित्दा दिइने प्रमाणपत्र जस्तै मान्यता हुन्थ्यो । आम मानिसहरू पनि आफ्नो परिवार नाता र कुटुम्बहरु छुट्याउने पनि टीकाले प्रमाणित गर्दथे ।

त्यो बेला दशै बैधानिक संस्था थियो भने तिहार राजाले पदभार सम्हाल्दा खुशीयाली व्यक्त गर्दै राज्य संचालनको लागि धान उठाएको जसलाई अहिले हामीले राजस्व उठाउने गर्दछौं ।

त्यति बेला नेपाल संवत् नेपालमा आदिमकाल देखि नै मनाउदै र मान्दै आएको संवत् हो । यो चन्द्रमा आधारित गन्ने प्रणाली भएकोले यो पद्धति सजिलो छ । औसि र पुर्णिामा मिलेर महिना बन्छ । जो कसैले पनि चन्द्रमाको आकार हेरेर र गन्ती गरेर समयको आकलन गर्न सक्दछन । त्यसैले दशैको ठ्याक्कै पन्ध्र दिन पछि तिहार शुरु हुन्छ ।

तिहार देखि राजाले पदभार समाली राजाको नयाँ कार्यकाल शुरूवात हुने भएकोले सबै प्रजाहरु जम्मा भइ राजाको दरबारमा हर्ष व्यक्त गर्ने गर्दथे । सोरठी र तिहारको गीतहरु गाउदै रमाइलो गर्दै राजाको दरबारबाट शुरु गरेर प्रजाहरुको प्रत्येक घरसम्म पुगि कार्तिके धान उठाने गर्दथे ।

उठाएको धान पैसाले राज्य अर्थात जनताको सार्वजनिक ढुकुटीमा जम्मा गरेर राखिन्थ्यो आवश्यक अनुसार राज्य वा समाजको हितमा खर्च गरिन्थ्यो । अहिले पनि देउसी भैलो खेल्दा कार्तिके धानका कुरा देखि हामी त्यसै आएका होइनौ बलि राजाले पठाएका हुन्न भन्ने कुराले दशै तिहार आदिवासी जनजातिहरुको पर्व हो भने प्रष्ट उदाहरणहरु छन ।

पहिले खास दशैमा बलिको प्रथा थिएन । कुनै देवता लगेको खण्डमा नमारे पशु वा पंक्षी मन्छएर छोड्ने गर्दथे । जसलाई हामीले शिवजी भन्ने गर्छौ । कुनै प्राणीको बलि दिइदैन थियो । दिनै परेमा या त मन्छाएर शिवजी छोड्ने छोडेको शिवजीले कसैको बाली खाए पनि कुनै कानुन नलाग्ने जहाँ चरे पनि खुल्ला हुन्थ्यो र नभएको ब्यक्तिहरुलाई लग्यो भने गहुँको पिठो मुछेर पशुको स्वरुप बनाएर चढाउने गरिन्थ्यो भने नचढाइ नहुने अबस्थामा कुनै तरकारीको जस्तै सेमि लौका काँक्रो फर्सी जस्ता चिजहरी स्वरुप बनाइ कातेर चडाउने गरिन्थ्यो ।

८ कार्तिक २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको