देशभर थपिए २२२५ जना कोरोना संक्रमित, उपत्यकामा थपिए १११०


कात्तिक ८, काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ। पछिल्लो २४ घण्टामा १३८४६ जनाको पिसिआर परीक्षण गरिएको  छ ।

२०७७ कार्तिक ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको