इच्छाएको सबैकुरा कल्ले पाको छ र ?

कविता उपाध्याय

                गीत 

आउ आज संगै बसौ गरौं मनको कुरा
भन्दिन म सबै इच्छा हुनैपर्छ पूरा

लम्बिरहुन् मिलनका सुन्दर क्षणहरु
तिमीसंगै रम्न पाए चाहन्न क्यै अरु
नजरहरु बोलिरहे मौन छन् यी ओठ
खै कसरी सप्रेला र तप्कनीको बोट

आउ………
भन्दिन…………

अतृप्त यो प्यासी मनले के-के भन्छ भन्छ
तिम्रै काखमा शिर राखी निदाउन मन छ
परेलीमा पढेको छु तिम्रो मनको भाषा
तिमी नै हौ खुशी मेरो तिमी नै हौ आशा

आउ………
भन्दिन…………

सुन्दर फूल चुम्ने रहर सबको हुन्छ तर
इच्छाएको सबै कुरा कल्ले पाको छ र ?
तिम्रै खुशी हेरी-हेरी बाचेकै त छु नि
मिल्छ भने मेरै बन्नु तिमी अर्को जुनी

आउ आज संगै बसौ गरौ मनको कुरा
भन्दिन म सबै इच्छा हुनैपर्छ पूरा

कविता उपाध्याय
रोल्पा

२०७७ कार्तिक ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको