बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि


कात्तिक ८, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले यसको जानकारी दिएका हुन् ।

भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।

जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केका हुन् । मधेशमा उनी पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यतिबेला पार्टीले सामाजिक दुरीको मापदण्डको ब्यापक उल्लंघन गरेको थियो ।

२०७७ कार्तिक ८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको