गायक भरत परियारको ‘दशा’ गीत सार्वजनिक [भिडियोसहित]


असोज, काठमाडौँ । रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित लोक गायक भरत परियारको ‘दशा’ गीत सार्वजनिक भएको छ ।

उनले आफैं शब्द रचना र संगीत भरेको उक्त गीतमा गायिका पूर्णिमा परियारले गायक परियारलाई आवाजमा साथ दिएकी छन् ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको उक्त गीतलाई मन बहादुर पुनले निर्देशन, छायांकन र सम्पादन रहेको छ । गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ ।

गायक परियारले स्वर दिएका गीत आकाशैमा जुन र तारा, कर्णाली सलल गीत चर्चामा छन भने निर्देशक पुनले दर्जनौ म्युजिक भिडियो लगाएत ३७ वटा कल्चरल फिल्मको निर्देशन गरिसकेका छन ।

नजिकै आइरहेको बडा दशैँको अवसर पारेर सम्पूर्ण विदेशमा दुःख पाएका नेपालीको पीडा भुलाउने उद्देश्यले फरक खालको गीत तयार गरेर बजारमा ल्याएको गायक परियारले बताए ।

हेर्नुस भिडियो

८ आश्विन २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको