रोशन श्रेष्ठले जिते यामाहाको स्कुटर


असोज ८, काठमाडौं । काभ्रेका रोशन कुमार श्रेष्ठले यामाहा रे जेडआर १२५ एफआई स्कुटर जितेका छन्। रजिस्टर्ड एण्ड विन यामाहा रे जेडआरमा सहभागी भई उनले स्कुटर जितेका हुन्।

यामाहाले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको योजनामा स्कुटर विजेता घोषणा गरिएको हो। यामाहाको योजनामा ५० हजार बढीले लाइभ हेर्न रजिस्टर्ड गरेको जनाइएको छ।

नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। यो कार्यक्रम १ लाखभन्दा बढीले हेरेको कम्पनीको दाबी छ।

एफआई टेक्नोलोजीको रे जेडआर १२५ सीसी इन्जिनको स्कुटर हो।

बीएस ६ मापदण्डसहितको स्कुटरमा नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता फिचर रहेको कम्पनीले जनाएको छ।

यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ।

२०७७ आश्विन ८,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको