असोज ८, काठमाडौँ । बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।
यस अवधिमा कोरोनाबाट ४ सय ५७ जना निको भएका छन् । हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए । मन्त्रालयका अनुसार अहिले देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै मृतक थप १७ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक ४५३ जनामा कोरोना पुष्टि भएको छ।
यस दिन कुल ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस