दाङमा स्कार्पियो दुर्घटना हुँदा सल्यानका दुई पत्रकारसहित ६ जना घाइते

दुर्घटनामा घाइते भएका पत्रकार बिरेन्द्र डिसी र खकेंद्र केसी ।

असोज ८,  दाङ । दाङमा स्कार्पियो गाडी दुर्घटना हुँदा सल्यानका दुईजना पत्रकार सहित ६ जना घाइते भएका छन् ।

कपिलबस्तुको चन्द्रौटाबाट तुलसीपुर आउँदै गरेको बा ११ च ९५ १३ नम्बरको स्कार्पियो गाडी  तीव्र गतिका कारण अनियन्त्रित भई लमही नगरपालिका वडा नं. ६ बेलदमार नजिकै बिहान पौने ९ बजेतिर दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । स्कार्पियो गाडी सडकबाट करिव ५० मिटर तल खसेको बताइएको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था खतरामुक्त रहेको तर चालकको भने अवस्था गम्भिर रहेको ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख सुदिप हमालले जानकारी दिए ।

हमालका अनुसार घाइतेहरुको लमही हस्पिटल र फ्लोरेन्स हस्पिटल लमहीमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा सल्यानका पत्रकार बिरेन्द्र डिसी र खकेन्द्र केसी रहेका छन् ।

यस्तै सल्यानको छत्रेस्वारी गाउँपालिका १ का गाडी चालक सन्तोष बुढाथोकी, बाग्चौर नगरपालिका ३ का तुलाराम परियार, छत्रेस्वारी गाउँपालिका ३ कि निर्मला केसी र दाङ तुलसीपुर उपमहानगर ५ का प्रकाश ओली रहेको ट्राफिक प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

डिसी पत्रकार महासंघ सल्यान शाखाका कार्यसमिति सदस्य तथा जनपत्रकार संगठन सल्यान शाखाका उपध्यक्ष हुन भने केसी लेकाली अनलाइनका सम्पादक तथा जनपत्रकार संगठन सल्यान शाखाका सचिव हुन् ।

२०७७ आश्विन ८,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको