गंगादेब पार्टी अध्यक्ष रोशन वलीद्वारा बिद्यालयको अक्षयकोषलाई सहयोग


भाद्र ८, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी गंगादेब गाउँ कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रोशन वलीले सिद्दार्थ नमुना माबि घोप्टेओढारलाई अक्षयकोष सहयोग गरेका छन् । बिद्यालयमै पुगेका वलीले नमुना बिद्यालय गुरुयोजना निर्माण अन्तरक्रिया कार्यक्रम बिच २१ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

पार्टी अध्यक्ष वलीले यस अघिनै अक्षयकोष सहयोगका लागि घोषणा गरेका थिए ।

बिद्यालयले एक करोडको लक्ष्य सहित अक्षयकोष अभियान थालेको छ । हाल सम्म करिब ३० लाख सहयोग प्राप्त भएको अभियान संयोजक प्रेम बहादुर ओलीले जानकारी दिए, भने हाल कोरोनाको कारण अभियानलाई निरन्तरता दिन नसकिएको वलीले जनाए ।

सिद्दार्थ नमुना मावि बिगत केहिदिन देखि पन्च बर्षिय गुरु योजना निर्माणमा जुटेको छ । गुरुयोजना निर्माण कार्यदल गठनगरि योजना तर्जुमा कार्य जारि रहेको प्रधानाध्यापक बिरेन्द्र कुमार खड्काले बताए । आर्थिक बर्ष ०६७/०७७ अन्तर्गत नमुना बिद्यालय निर्माण योजनामा छनोट भएको थियो ।

सिद्दार्थ नमुना माबि घोप्टेओढार रोल्पाको गंगादेब गाउँपालिका-३ मा रहेको छ ।

२०७७ भाद्र ८,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको