माडी गाउँपालिका ५ का वडाध्यक्षको अपिल: ‘पहिरो पिडितलाई सहयोग गरिदिनुस’ (बिज्ञप्ति)


भाद्र ८, रोल्पा । रोल्पाको माडी गाउँपालिका ५ नम्बर वडा कार्यालयले पहिरो पिडितलाई सहयोग गर्न अपिल गरको छ ।

अविरल बर्षाका कारण भाद्र ४ गते राती भावाङको धाङ, ताङधारा, भोकरवाङ, हिउवाङ र खुमबासामा गरेर १२ घर पहिरोवाट पुरिएपछी वडाध्यक्ष भरत बहादुर बुढामगरले एक बिज्ञप्ति जारिगरी सहयोग अपिल गरेका हुन्।

पहिरोका कारण भावाङका शन्त बहादुर बुढामगर, जय बहादुर घर्ति मगर, बल प्रशाद बस्नेत, कमानसिंह खत्री, अमृत बहादुर घर्तिमगर, झुपे कामी, करबिर वली, जय बहादुर वली, बिर बहादुर वली, सन्दिप बिक, भागिरथ बिकलगाएतका घरहरु पुरिनुका साथै घरभित्रका धनमाल, पशु चौपाया तथा बालीनाली समेत पहिरोले लगेको थियो ।

अन्य २ दर्जन बढी घरहरु उच्च जोखिममा रहेका छन भने ६ जना पहिरोमा परेर घाइते भएको वडा अध्यक्ष बुढामगरले जनाएका छन् ।

अध्यक्ष बुढामगरले पहिरो पिडितहरुको जीवनस्तरलाई सामान्य बनाउन सहयोगको खाचोँ परेको बताउदै पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

स्थानीय सरकारको तर्फबाट सामान्य राहत बितरण भएको तर त्यति मात्रैले प्रयाप्त नहुने भएकोले वडा अध्यक्ष बुढामगरले सहयोगको लागि स्वदेश तथा बिदेशमा रहनुभएका सहयोगी मनहरुलाई समेत सहयोग आह्वान गरेका छन् । आइतबार मात्रै केही सहयोग रकमसमेत प्राप्त भएको र अन्य ठाँउबाट पनि सहयोग सङलन भैरहेको उनले जानकारी दिए ।

८ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको