भुवन केसीद्वारा साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता


साउन ९, काठमाडौँ — अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । शुक्रबार केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जती, चरित्र हत्या सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

यसअघि अभिनेता केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप साम्राज्ञीले लागाएकी थिइन् । साथै आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए । केसीले आफूविरुद्ध लगाइएको आरोप निराधार भएको दाबी गरेका थिए ।

त्यसअघि अभिनेत्री साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीले फिल्ममा काम गर्ने बेलामा र जापानमा एउटा अवार्ड कार्यक्रमका क्रममा पनि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

२०७७ श्रावण ९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको