तपाईको आजको दिनचर्या कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्


साउन ९, काठमाडौं | आज मिति २०७७ साल साउन महिनाको ९ गते शुक्रबार | तपाईको आजको राशिफल हेर्नुहोस् |
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर रहनाले समस्या आउन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईएला । बोलीको प्रभावपनि बढ्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

२०७७ श्रावण ९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको