असार १०, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकास्थित फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
फालाशैन बजारबाट सेराबजार आउंदै गरेको से १ ज १०१९ नंको जीप दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ | प्रहरी स्रोतका अनुसार उनीहरुइलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिश गरिएको छ | अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस