भारतीय बिस्तारबाद बिरुद्ध नेपालि कलाकारले गाय राष्ट्र भक्ति गित “हाम्रो माटो” {भिडियो सहित}


जव जव नेपाल आफ्नै किसिमको दुख पिडाको प्राकृतिक प्रोकोपसंग वा अन्य किसिमको महामारिसंग लड्दै जुझ्दै गरेको हुन्छ, तव तव हाम्रो नजिकको छिमेकी जसले अन्तराष्ट्रिय मंचमा नेपालको निकटस्थ शुभेच्छुकको परिचय दिदै आइरहेको छ।
उसले दिने पिडा कहिल्यै नबिर्सने किसिमको हुन्छ, चाहे त्यो बिगतको भूकम्पको समयको होस् वा त्यस लगत्तै गरियको गरियको नाकावन्दी अन्य प्रसङ्ग त्यस पूर्व १९९० को नाकावन्दी लगायतका कयौन बिषयहरु छन्। जुन पिडाहरु यो र पहिलो पुस्ताले भोगेको छ।
विश्वसंगै नेपाल पनि विश्व व्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ संग लडाइ लड्दै गर्दा भारतले नेपालि भूभाग मिचेर पिडा थपिदिएको छ।आजभोलि भारतले मिचेको नेपालि भूभागको विवादले विश्व तातीरहेको छ, भने राष्ट्र अतिक्रमण हुदा राष्ट्रियताको सवालमा अग्रपंतिमा रहेर संगीतबाट भारतीय बिस्तारबादको चर्को बिरोध गर्दै मिचियको भूभाग फिर्ता ल्याउन माग राख्दै भिभिन्न कलाकारले आफ्नो ठाउबाट आवाज बुलन्द पारिरहेको यो बेला चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिका सिर्जु अधिकारी, अनु अधिकारी लगायतले “हाम्रो माटो” बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भूभाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका छन् । विश्व कोरोना संक्रमणको त्रासमा रहेको बेला बिगत लामो समय देखि नेपाल भारत सीमा विवाद भइ रहेको अवस्थामा हालै “हाम्रो माटो” बोलको देश भक्तिले भरिएको गीत सार्वजनिक भएको हो ।
हेर्नुस भिडियो।

२०७७ जेष्ठ ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको