संक्रमितको स्पष्ट ठेगाना खुलाउन सरकारको आनाकानी


जेठ ११, काठमाडौं । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रूपमा नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’ गर्न सकस बन्दै गएको छ । संक्रमितको पहिचानका लागि ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट््याकिङ’ महत्वपूर्ण मानिन्छ ।

कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको स्पष्ट ठेगाना खुलाउन प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

संक्रमितसँग सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट टे«सिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी नहुँदा लुकेर बस्ने संक्रमितको संख्या अत्यधिक बढ्ने भन्दै यो कार्य तत्काल बढाउन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा संक्रमितको अस्थायी र स्थायी ठेगाना स्पष्ट नखुलाउँदा संक्रमित भनिएका जिल्लाका नागरिक अन्योलमा परेका छन् । संक्रमित रहेको स्थान पत्ता लगाई सम्पर्कमा आएकालाई तुरुन्तै आइसोलेसनमा बस्न लगाएर स्वाब संकलन गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सूचना आयोगले संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई गत ६ जेठमा पत्र काटेको थियो । आयोगले जारी गरेको विज्ञप्तिमा संक्रमित र मृतकको ठेगाना फरक फरक हुन सक्ने भएकाले स्पष्ट ठेगाना खुलाउनुपर्ने उल्लेख छ । तर, स्वास्थ्य मन्त्रालयले पत्र कार्यान्वयनमा हेलचेक््रयाइँ गर्दै आएको छ ।

कोभिड–१९ रोकथामका लागि केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन निर्देशिका २०७७ मा प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम गठन गर्नुपर्ने उल्लेख छ । अहिलेसम्म अधिकांश जिल्लामा समिति नै गठन गरिएको छैन ।

टिमले शंकास्पद, सम्भावित तथा पुष्टि भएका बिरामीसँग सम्पर्कमा आएका सबैको लाइन लिस्टिङ तयार गर्ने उल्लेख छ । सबै कन्ट्याक्टलाई आवश्यक परामर्श दिने निर्देशिकामा उल्लेख गरिए पनि संक्रमितसँग सम्पर्कमा आएकाको पहिचान गर्न स्वास्थ्य मन्त्रालयलाई हम्मेहम्मे परिरहेको छ ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ६ ‘टी’ ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर अवधारणा अघि सारेका थिए ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । शनिबार मात्रै ७५ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ५ सय ९१ पुगेको हो । हालसम्म आरटी–पीसीआर प्रविधिबाट ४५ हजार ९ सय ५७ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस्तै, कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ७९ जना डिस्चार्ज भइसकेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

११ जेष्ठ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको