साउदीबाट ४७ दिनअघि नेपाल आएका २६ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण


बैशाख १२, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ४७ दिनअघि साउदीबाट आएका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले बिहीबार बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परीक्षणमा पोजेटिभ देखिएका भोजपुरका २६ वर्षीय पुरुषलाई अहिले विराटनगर ल्याइँदै गरेको जानकारी दिए ।

उनी अहिले हतुवागढीमा चिकित्सकको निगरानीमा रहेका छन्। उनी फागुन ३० मा साउदीबाट हिमालयन एयरलाइन्समा नेपाल आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौँबाट उनी उदयपुरमा केही दिन बसेको र उदयपुरबाट भोजपुरमा गएको खुलेको छ। उनी उदयपुरमा हुँदा सँगै बसेकाहरुको नमूना संकलन भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यस्तै नेपालमा शुक्रबारसम्म कुल संक्रमितको संख्या ४८ नै रहेको छ। यसमध्य १० जना निको भएर घर फर्किसकेका छन्।

यसबाहेक बागलुङमा एकजना, धनगढीमा एकजना, वीरगञ्जमा पाँचजना, भरतपुरमा दुईजना र विराटनगरमा २८ जना कोरोना संक्रमित अहिले चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

यसरी कुल ३८ जना चिकित्सकको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा.देवकोटाले बताए।

१२ बैशाख २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको