कपिलवस्तुमा वन अतिक्रमण गरेर बनाएका संरचना हटाइयो


वैशाख १२, कपिलवस्तु । डिभिजन वन कार्यालय गौतमवुद्ध कपिलवस्तुले शिवराज नगरपालिका ५ चन्द्रौटा रहटकोल क्षेत्रमा बन अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना शुक्रवार भत्काएको हो । पटक पटक स्थानियलाई जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाइएको डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । ‘रहटकोलमा निर्माण भएका ३ वटा कच्ची घर र ३ वटा पक्की घर भत्काइएको छ’ कार्कीले भन्नुभयो ‘अतिक्रमित २ हेक्टर जग्गालाई तारवार गरेर संरक्षण गरिन्छ,।’

शुक्रवार बिहान करिव ८ बजे बनले गरेको एक्सनलाई स्थानियहरुले प्रतिरोध गरेको थिए । स्थानियहरुले सुरक्षाकर्मी माथि ढुगांमडा प्रहार गरेका थिए । सुरक्षाकर्मी र स्थानियहरु विच झडप भएपछी वनका तीन जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । लामो समयदेखी जोतभोग गर्दै आएको भएपनि बनले एक्कासी गरेको यो कदम गलत भएको स्थानियहरुको भनाई छ । स्थानिय सन्तोष चौधरीका अनुसार लकडाउनले समस्या भइरहेको बेला बनले संरचना हटाएपछी स्थानियहरुलाई झनै समस्या निम्तिएको बताउनुभयो ।

सशस्त्र प्रहरी,नेपाल प्रहरी,बनका सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माण भएका तीन वटा फुसका टहरमा आगो लगाइएको थिए भने तिन वटा पक्की घरहरु भत्काएका थिए । शिवराज नगरपालिकाको भवन निर्माण स्थल नजिकै रहेको बनको जग्गालाई भुमाफियाहरुले बेच्ने र संरचना बनाउन सहयोग गरेको सुचना पाएपछी डिभिजन बनले घरटहरा हटाउन सुचना जारी गरेको थियो ।

दुई दिन अघि डिभिजन बन कार्यालयमा बसेको सर्वदलिय बैठकले अतिक्रमण भएको जग्गालाई पुनः बनमा परिणत गर्न दलहरुले सुझाव दिएका थिए । पछिल्लो समयमा डिभिजन बन गौतवुद्ध क्षेत्र भित्र एक हजार हेक्टर क्षेत्रफल बन अतिक्रमित छ । शिवराज नगरपालिका ५ चन्द्रौटा,बनकास,बिजयनगरको त्रिपालननगर,नेवलीगञ्ज,जैवावैराठ लागएतका क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेको छ ।

१२ बैशाख २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको