बैशाख १२, राेल्पा । राेल्पाकाे गंगादेव गाउँपालिका ५ पाखापानी पूर्णगाउँमा एउटा घरमा आगलागी भएकाे छ ।
बिहीबार बिहान स्थानीय जित बहादुर ओलीकाे घरमा पेट्राेल पाेखिदा आगलागी भएकाे हाे ।
दुइ तला रहेकाे घरमा तल्लाे तलामा बिहान ७ बजेतिर औंशीकाे पुजा गर्ने क्रममा बलेकाे आगाेमा नजिकै काठ चिरान गर्ने मेसिनमा प्रयाेग गर्नकाे लागि राखिएकाे पेट्राल पाेखिदाँ आगलागी भएकाे पीडित परिवारले जनाएकाे छ ।
आगाे निभाउने क्रममा जित बहादुरका १७ वर्षिय छाेरा कृष्ण ओली सामान्य घाइते भएका छन् । उनकाे खुट्टामा आगाेले पाेलेकाे त्यहाँबाट समर्पण ओलीले जाकारी दिए ।
आगलागीबाट घरमा भएकाे १२ मुरी भन्दा धेरै जाैं, घर बनाउनकाे लागि राखिएकाे दार, घाँस लगाएत जलेर नष्ट भएकाे छ । घरमा मानिस काेहि नबस्ने भएकाे कारण अन्य थप क्षेत्री नभएकाे प्रहरीले जनाएकाे छ । घटनाकाे मुचुल्का बनाउन गंगादेव गाउँपालिका ५ सिमाखाेलीबाट प्रहरी टाेली गएकाे छ ।
प्रतिक्रिया दिनुहोस