बैशाख १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशव बहादुर बाँठा मगर ‘सुवास’सहित ४ जना रिहा भएका छन् ।
बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको सुनुवाईपछि ने.क.पा. केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज सुवास, पार्टीकै राप्ती ब्युरो सदस्य तथा तत्कालीन सल्यान जिल्ला इन्चार्ज विश्व, राेल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ र पोष्टमान घर्तीमगर सर्वाेच्च अदालतको आदेशमा रिहा भएका हुन् ।
न्यायधिसद्वय दिपक कुमार कार्की र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले नेता केश बहादुर बाँठा मगरसहित विश्व, सन्तोष सुबेदी ‘प्रयास’ र पोष्टमान घर्ती मगरलाई रिहा गर्न आदेश दिएको हो ।
चारै जना नेताहरु गत वर्षको असोज ३० गते नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका– ४ को मुंग्रेठाबाट राप्ती ब्युरो बैठकस्थलबाट गिरफ्तार भएका थिए ।
यसअघि गतवर्षको पुस ७ गते जिल्ला अदालत दाङले धरौटिमा रिहा गर्न आदेश दिएपनि धरौटी नबुझाएको भन्दै कारागार चलान भएका ३ जना यहि वैशाख १ गते धरौटि बुझाएर रिहा हुन खाेज्दा प्रहरीले पुनः पक्राउ गरी नेपालगन्ज लगेको थियो ।
न्यायधिसद्धय कार्की र खतिवडाको संयुक्त इजलासले फरक विचार र आस्था राखेकै कारण उहाँहरुलाई पक्राउ गरिएको देखिएकाले रिहा गर्न आदेश दिएपछि नेपालगन्जबाट ४ जना रिहा भएका हुन् ।
उनिहरुसँगै २१ जनामध्ये गिरफ्तार परेका नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ बाहेक अरु सबै रिहा भैसकेका छन् । वीरजङ्ग हाल दाङको तुलसीपुर कारागारमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस