दाङमा ‘लकडाउन’को दोस्रो दिन पैदलयात्रीलाई पक्रने प्रहरीको चेतावनी

तस्बिर: काठमाडौँमा चेकिङ गर्दै ट्राफिक प्रहरी

चैत ११, दाङ । प्रहरीले लकडाउनकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्रने बताएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गरि सडक आउने नगरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लकडाउनको पहिलो दिन जिल्लाका विभिन्न स्थान नागरिक सडक देखिएको भन्दै दोस्रो दिन पनि अटेरी गरि सडक आउने नागरिकलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवार्ही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।

“लक डाउनको पहिलो दिन सडकमा चल्ने सवारीसाधनसङ्गै नागरिकलाई पनि सचेत गराएका छौ”,प्रहरी नायव उपरीक्षक खड्काले भने,”दोस्रो दिन अत्यावश्यक काम बाहेक सडकमा आउने जो कोहीलाई पनि कार्वाही हुन्छ ।”

कानुनी व्यवस्था अनुसार प्रहरीले लक डाउन उल्लंघन गर्ने नागरिकलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुबै सजाय गर्न सक्छ । उनले कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनलाई पालना गर्न समेत सवै नागरिकलाई आग्रह गरेका छ्न ।

तेस्तै उनले लक डाउनको समयमा सवारीसाधन पनि नचलाउन आग्रह गरेका छन् । पहिले दिन सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकहरुलाई पुन गल्ती नदोह्राउन सचेत गराएको भन्दै दोस्रो सवारीसाधन चलाउनेलाई कानुन अनुसार कारवार्ही गर्ने चेतावनी दिएका छन ।

उनले एम्बुलेन्स,पानी, दुध,ग्यास, तेल बोक्ने लगायत सवारीसाधनलाई भने निर्वाध रुपमा चल्न दिने बताएका छ्न ।

११ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको