शैक्षिक भेदभावका बिरुद्द सन्देशमुलक बालगित ‘बाबा मत पढ्दिन र्बोडिंङ’


चैत्र ११, काठमान्डौ । शैक्षिक भेदभाव बिरुद्द आश्रम म्युजिक प्रिजेन्सले बालगित सार्वजनिक गरेको छ । र्बोडिंङहरुमा महँगो सुल्क तिरेर आर्जन गरिने शिक्षाले अभिभावकहरुले ऋणको भारी बोक्नु परेको पिडालाई चित्रण गरिएको बालगित ‘बाबा मत पढ्दिन र्बोडिंङ’ सार्बजनिक भएको हो । गीतले निजिबिद्यालयमा भन्दा सरकारी बिद्यालयहरुमा पढ्न प्रेरित गरेको छ ।

जनगायक हेमराज आश्रमको शब्द तथा संगीत सिर्जना रहेको गीतलाई नौ वर्षीय बालक सफल परियारले स्वर दिएका छन् । जनबादी गायिका प्रगति महरा र गायक हेमराज आश्रमले पनि आवाज दिएका छन् ।

गीतको म्युजिक भिडियोमा गायक आश्रमसहित साहित्यकार एवं कलाकार संगीता थापा र बालिका पिन्जु महराको अभिनय छ । काठमाडौंको पानीपोखरीस्थित भानु माविमा कक्षा ४ मा अध्ययनरत बालिका पिन्जुले लोभलाग्दो अभिनय गरेकी छन् ।

पिन्जु पूर्व सभामुख कृष्णबहादुर महराकी नातिनी तथा जनवादी गायीका प्रगति महराकी छोरी हुन् । गायिका प्रगति महरा जनयुद्दले जन्माएकी जनबादी कलाकार हुन् ।

हेर्नुहोस भिडियो:

११ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको