जिम्बाब्बेमा पत्रकारको कोरोनाका कारण मृत्यु


चैत ११, जिम्बाबवे । जिम्बाबवेमा कोरोना संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ ।

३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय जोरोरो मकाम्बाको कोभिड–१९ को संक्रमणले मृत्यु भएको हो ।

जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो। टेलिभिजन पत्रकार जोरोरो मकाम्बासहित दुईजनामा शनिबार कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो ।

जिम्बाबवेको स्वास्थ्य मन्त्रालयका अनुसार उनमा फ्लुको लक्षण देखिएपछि बिहिबार राजधानी हरारेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । जिम्बाबवेमा एक मात्र आइसोलेशनसहितको हरारेस्थित विल्किन्स अस्पतालमा भर्ना गरिएको थियो ।

अमेरिकाको न्यूर्योकमा हुँदा उनलाई कोरोनाको संक्रमण फैलिएको थियो । फेब्रुअरी २९ मा न्युर्योक गएका उनी मार्च ९ मा हरारे फर्किएका थिए ।

११ चैत्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको