प्रेक्षा लम्सालको गायकी: युवाहरूको लागी बेग्लै प्रेरणा

प्रेक्षा लम्साल

धादिङका मेरा मित्र हेम प्रभासको मेरा बा किसान हुन भन्ने कविता शहरका मंचहरुमा चर्चित हुँदै गरेको बखत थियो । शहरमा बाक्लो कवि गोष्ठी हुन्थ्यो । गजल गोष्ठी त्यो भन्दा धेरै ।अनि गजलको नाउँमा फजल र कविताका नाउँमा अकबिताको बाढी चल्थियो ।

यहि दौरानमा एकजना टिनेज युवती एकाएक चर्चाको बिषय बन्न पुगिन । किशोर अबस्थामै रहेकी यी युवती छन्द कविता लिएर मंचमा उक्लिन । निर्धक्क बाचन गरिन । मान्छेहरुको मन जित्दै गइन । नेपाली साहित्यलाई एउटा मिठो झट्का दिइन । ती युवती प्रेक्षा लम्साल हुन । जस्लाइ तपाईंले नेपाल आइडलको मंचमा देखिसक्नु भएको छ । उनको स्वर सुनिसक्नु भएको छ । उनको स्वरको पारखी पनि भैसक्नु भएको छ ।

उनी अब राष्ट्रिय स्तरमा स्तरउन्नति भैसकेकि गायिका हुन । म उनको बारे धेरै कुरा जान्दिन । थाहा पनि छैन । सामान्य परिचयको भर बोल्नु उचित पनि होइन । जे बोल्छु त्यो आम मान्छेको प्रेक्षा बारेको बुझाइ हुन सक्छ । उनले पनि हाम्रो सामान्य चिनजानको प्रसङ्ग भुलिसकिन होला । यो केही बर्ष पुरानो सम्झना हो । जो सम्झना जस्तो सुन्दर नहुन पनि सक्छ ।

पुरानो हुँदै गएको आरआर कलेजमा र त्यहाँ हुने साहित्यिक कार्यक्रमहरु । पुरानैहरुले कब्जा गरेको साहित्यिक मंचहरुमा ती युवती एउटा मौलिक प्रतिभाको रूपमा प्रस्तुत भैरहिन । धेरैको प्रीय पात्र बनिन । केहीको लागी कुरा गर्ने पात्र पनि बनिन । युवाहरूलाई निम्ति जोशिलो प्रतीभा बनिन । युवाहरूको प्रेरणा बनिन । लोभलाग्दो प्रेरणा । सानदार प्रेरणा । प्रेक्षा समकालीन युवा पुस्ताकै ससक्त प्रतिभा बनिसकेको कुरा सत्य हो । जो नेपाली माझ छर्लङ छ ।

दाङको बिकट गाउँबाट राजधानी आएकी उनको प्रतिभाले मलाई पनि छोएको थियो । यसरी उनको प्रतिभा नछुने को नै होला र ? त्यो मध्य म पनि एक हु । साथी सुविन न्यौपानेले एक सन्ध्याकालीन चियापान सामारोहमा उनको बारे केहि प्रसङ निकाले । जो निकै रोचक थियोे । जस्ले मलाई प्रेक्षाबारे केही सम्झिन बाध्य बनायो । उनको छन्द शिल्पी र गायनका बारे उनको सन्ध्याकालीन चियापान समारोहमा हामीले खुलेर कुरा गर्यौ ।

प्रेक्षा लम्साल

काठमाडौंका भुत्ते साहित्यिक मंचहरुमा गजलहरु घन्किरहेको समयमा जसरी सुदेश सत्याल आए । एउटा मौहोल बनाए । साहित्य सन्ध्यातिर पूर्ण बिरामका कविता सुन्ने श्रोता नघटे पनि छन्द कविताले अस्तित्व रक्षात्मक बनाइरहेको समयमा प्रेक्षा लम्सालहरुको उपस्थिति एउटा इतिहास संयोगको रूपमा आएको देखिन्छ ।
बिचार प्रतिबद्धता र राजनीति बेइमानीले आकास छुदै गरेको समयमा जन्मिएकी युवा प्रतिभा भएकोले पनि प्रेक्षाका केहि सिमाहरु छ्न । केही बाध्यताहरु छन । केही कमजोरीहरु छन् ।

उनी मुलधारको सङ्गितको प्रतिनिधित्व गर्ने पात्र हुन । देश दुनियाँ र जनताका बिषयका सचेतता सहित बोल्ने कुरा उनीसग अपेक्षा अहिले नै गर्ने सक्ने स्थिति छैन । उनी जसरी यो क्षेत्रमा आइपुगिन त्यो नै हाम्रो उनको बारेको मुल्यांकनको लागि काफी छ । उनका केही कविता आज पनि युवटुव छ्न जो देशभक्तीका लयले ओतप्रोत नै छ्न । उनका गीत मधुर छ्न । लयको हिसाबले सानदार छ्न । सङ्गीत मिठो बान्की छ उनका गीतहरुमा ।

सामाजिक सन्जाल फेसबुकतिर उनले गाएको गीतका फुटेजहरु पाइन्छन । हार्मोनियममा सल्बलाइरहेका उनको हातमा र शास्त्रीय सङ्गितमा डुब्दै गाएको उनको गायिकीले तपाईंको हृदयमा झन्कार छोडछ । यो प्रेक्षाको गायिकीको सानदार असर हो । जुन असर हरेक साङ्गित प्रेमिका निम्ती मिठो असर बनिदिन्छ।

खारिएको तीखो स्वर जसलाइ तपाईं आर्गनिक स्वर पनि भन्न सक्नु हुन्छ । त्यो आर्गानिक स्वर आजको प्रेक्षा लम्सालको परिचय हो । प्रेक्षा अर्थात आफ्नु मौलिक स्वर ससक्त युवा गायिका । यो भन्दा उनी प्रती सम्मान नै हुन्छ । अपमान हुन्न । भनिन्छ सङ्गीतको भाषा अन्तर्राष्ट्रिय हुन्छ । सङ्गीत मान्छेलाई मात्र होइन प्राणीहरुको लागि पनि उतिकै महत्त्वपूर्ण छ । सङ्गीत हृदय भाषा हो । जुन भाषामा निपुण छिन प्रेक्षा ।

प्रेक्षा लम्साल

प्रेक्षाको गीतको एक पारखी हुन रजामान तामाङ । सङ्गितमा रुचि राख्ने बामपंथी युवा तामाङको मोबाइलमा अन्जु पन्त र जीवन शर्माको धेरै गीत भेटिन्छ । प्रेक्षाको स्वर सुनेपछि उनले भने उनलाई आजको देश परिस्थिति र समाजको बारे पनि गाउन लगाउन सके कति जाती हुन्थ्यो । मलाई लागेको कुरा यहि हो यो सुमधुर स्वर मुलुकको लागि भैदिए जाती हुन्थ्यो । प्रेक्षाले भरिया र मजदुरहरुको गीत पनि गाइदिए मज्जा हुन्थ्यो । यो लेखिरहदा सामाजिक संजालमा उनको कोरोनाबारे सचेतता जगाउने एउटा गीतको चर्चा छ । जुन सामाजिक उत्तरदायित्व अंतरगत पर्दछ ।

मान्छेले भाषा पछी बिकास गरेको महत्त्वपूर्ण कुरा कला साहित्य नै हो । राजनीति समाज बिज्ञान पनि कलाको बृहत घेरा भन्दा बाहिर छैन । मेरो भुतपुर्व साथी प्रेक्षा लम्साल यो बृहत सागर नहराउ । बरु छाल फिजाउदै बगेको नदी जस्तो गतिशील बनुन । शुभकामना !

२०७६ चैत्र ११,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको