युएईमा गोर्खाली नाइटको सर्वत्र चर्चा । एक साता अगाडि नै नर्मल टिकट समाप्त ।


युएई- युएईको नेपाली समुदायमा यो साता व्यग्र प्रतीक्षा र चर्चाको विसय बनेको छ- गोर्खाली नाइट । २८ फेब्रुअरी शुक्रबार बर दुबईको क्लब एभरेस्टमा हुन लागेको यो भव्य सांगीतिक कार्यक्रममा भोइस अफ नेपाल-२ बुगीवुगी र लोकप्रिय टेलीसिरियल सक्किगोनीका कलाकारहरुको उपस्थिति हुने भएका कारण एक साता अगाडि नै साधारण टिकट समाप्त भएको मुख्य आयोजक एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले बताउनुभएको छ ।

दुबईमा दोस्रो पटक हुन गइरहेको ‘गोर्खाली नाईट’ कार्यक्रमलाई भ्वाइस अफ नेपाल सिजन २, बुगीवुगी र सक्कीगोनीका कलाकारहरुले रंगीन बनाउने भएका हुन् ।

को-को आउदै छन् कलाकारहरु ?
कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुसँगै फाइनलिस्ट विकाश लिम्बु, आरिफ राव, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगरले आफ्नो दमदार जोड प्रस्तति दिनेछन् ।

त्यस्तै नेपाली डान्सीङ रियालिटी शो बुगीवुगी की विजेता कविता नेपाली, फाइनलिस्ट रबिन भुजेल र स्ट्याण्डप कमेडीबाट चर्चामा आएका नेपाली चर्चित हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतमले आफ्नो कलाको जादु देखाउनेछन् ।

कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् भने कार्यक्रममा चर्चित गीत ‘ फूल होइन काँडा’ की गायिका प्रविसा अधिकारी र प्रतिभाशाली गायिका स्मिता दाहालले पनि दर्शकलाई मन्त्रमुग्ध बनाउँदै छन् ।

गायिका प्रविसा र स्मिता पछिल्लो समय नेपाली युवायुवतीको रोजाइमा परेका कलाकार हुन् । उनीहरूले गाएका गीत युट्युबमा करोडौँ क्लबमा छन् ।

कार्यक्रम फेब्रुअरी २८ तारिख शुक्रबार बरदुबईको होटल अस्टोरिया भित्र रहेको क्लब एभरेस्टमा दिनको ३ बजेबाट सुरु हुने आयोजक मध्येका एक मदन अधिकारीले बताउनुभएको छ । कार्यक्रमलाई युएइर्कका प्रतिष्ठित कम्पनी र समूहको प्रायोजन तथा एनआरएनए आईसीसीका विशिष्ट व्यक्तिहरुको सहयोग रहेको छ ।

समाजसेवाको उदेश्य
गत वर्ष दुबईमा पहिलो पटक ‘गोर्खाली नाइट–२०१९’ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट सङ्कलन भएको रकम मृगौला रोगी विष्णु सुनार र संजीव कंडेललाई जनही १ र १ लाखका दरले सहयोग गरिएको थियो ।

गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको योजना छ ।

को हुन् आयोजक मनोज र मदन ?
कार्यक्रमका आयोजक मनोज गोर्खाली लामो समयदेखि यूएई लगायत मध्यपूर्वका देशमा हुने कार्यक्रमका साथै सामाजिक कार्यमा सक्रिय ब्यवसायी तथा एआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक हुनुहुन्छ । त्यस्तै अर्का आयोजक मदन अधिकारी एआरएनए युएईका युवा संयोजक लगायत फुटबल प्रशिक्षक, खेलाडी र ब्यबसायी हुनुहुन्छ । मनोज र मदन विगतमा पनि नेपालबाट कलाकार बोलाएर युएईमा सफल सांस्कृतिक कार्यक्रम गरी सकेका नेपालीमाझ चिरपरिचित नाम हुन् ।
युएईका अधिक सामाजिक संस्थाले उक्त दिन कुनै औपचारिक कार्यक्रम आयोजना नगरी गोर्खाली नाइटलाई नै सफल बनाउने आन्तरिक सहमति गरेका छन् ।

कार्यक्रम आयोजना हुनुपुर्व नै साधारण तर्फको टिकट समाप्त भए पनि भिआइपी विशेष टिकट भने सिमीत मात्रामा रहेको आयोजक मनोज गोर्खालीले जानकारी दिनुभएको छ ।

१२ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको