चौथोपटक मन्त्रिमण्डल हेरफेर हुँदै: काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री


फागुन १२, काठमाडौं । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्श अगाडि बढाएका हुन् ।

यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए । उनका अनुसार प्रधानमन्त्रीले यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन ।

अडियो काण्डमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ । २५ सदस्यीय ओली नेतृत्वको मन्त्रिमण्डलमा हाल दुई मन्त्रालयमा मन्त्री रिक्त छन् ।

प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्न चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्न लागेको बताइएको छ ।

स्रोतका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल हेरफेर गरेर प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा किड्नी ट्रान्सप्लान्ट गर्ने योजनामा रहेका छन ।

यसअघि प्रधानमन्त्री ओलीले किड्नी ट्रान्सप्लान्ट गरेर बाँकी तीन वर्ष तीव्र गतिका साथ काम गर्ने बताएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

१२ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको