बहिर्गर्मित पुर्वलडाकुलाई देश तथा विदेशमा रोजगारी सिर्जना गर्छौ : मन्त्री पुन [भिडियो]


माघ १०, ललितपुर । सेना समायोजनको बेला पोलिटिकल प्रोसेसलाई ध्यान दिंदा बहिर्गमित सेनाहरुको एजेण्डाहरु छुटेको उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले बताएका छन् । तत्कालिन संयोजन बेलामा पोलिटिकल प्रोसेसलाई अगाडी जान दिउ भन्दै-भन्दै जाँदा बहिर्गर्मित सेनाहरुको एजेन्डा पेन्डिङ्गमा रहेको मन्त्री पुनले स्वीकार गरे ।

बहिर्गर्मित सेनाहरुले आयोजना गरेको द्वन्दपिडित पुर्ब बालसेनाको जिबन यापनको सवाल बिषयमा अन्तरसंबाद कार्यक्रम मन्त्रि पुनले उक्त कुरा बताएका हुन् ।

भिडियो:

बहिर्गर्मित सेनाहरुको जिबनयापन सवाललाई लिएर सरकार गम्भीर रहेको मन्त्रि पुनले स्पस्ट पारेका थिए । काठमान्डौ उपत्यका भित्र इलेक्ट्रोनिकबाट चल्ने ट्याक्सी लगायतका सवारी साधनहरु संचालनमा ल्याउने सरकारी कार्यक्रम रहेको र उक्त कार्यक्रमसंग जीबनयापनका लागि बहिर्गर्मित सेनाहरुलाई जोड्न सकिने भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले संदेश पठाएको पुनले जानकारी दिए ।

त्यसैगरी जापान र कोरियाको लागि राम्रो बैदेशिक रोजगारको अबसर आएको र उक्त देशमा पठाउन निशुल्क तालिम सहितको ब्यबस्था मिलाइदिन प्रचण्डले श्रम मन्त्रिसंग छलफल बढाएको समेत पुनले बताए । प्रधानमन्त्री संगै कुरा गरेर बहिर्गर्मित सेनाहरुलाई कोरिया रोजगारमा पठाउने बारे पहल गरिरहेको उनले बताए ।

जिबन यापनका लागि यस बाहेकका अन्य ब्यबसायिक तथा हाइड्रो लगायतका कार्यक्रममा जोडेर बहिर्गर्मित सेनाहरुको जीबनयापन बिषयलाई ध्यान दिन सकिने बारे पुनले स्पष्ट पारेका थिए ।

बहिर्गर्मित सेनाहरुले आयोजना गरेको द्वन्दपिडित पुर्ब बालसेनाको जिबन यापनको सवाल अन्तरसंबाद कार्यक्रम सुक्रबार यलमाया केन्द्र पाटन ढोका ललितपुरमा भएको थियो । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’को बिशेष उपस्थिति रहेको थियो भने, मानबबादी अधिकारकर्मीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र बहिर्गर्मित जनमुक्ति सेनाहरुको उपस्थिति रहेको थियो ।

२०७६ माघ १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको