माघ १०, काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालीले गत दुई महिनादेखि लागू गरेको ‘धन वर्षा’ योजनाको समयावधि थप गरेको छ।
‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करडौं उपहार’ नारा दिइएको उक्त योजना आर्घाखाची सिमेन्टले मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो।
अर्घाखाँची सिमेन्टप्रति ग्राहकको उत्साहजनक सहभागीतालाई सम्मान गर्दै ‘स्युर सट नगद उपहार’ योजनालाई केही समयका लागि निरन्तरता दिइएको कम्पनीले बताएको छ।
कम्पनीले यस योजनाअन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु केही परिवर्तन नभएको जानकारी दिएको छ।
यस योजनाअन्तर्गत ग्राहकले अर्घाखाँचीको जुनसुकै सिमेन्टको १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन्। जसलाई स्क्रयाच गरी उपभोक्ताहरुले १०० देखि ५०० रुपैयाँ, १ हजार हुँदै १ लाखसम्मको स्योर सट नगद उपहार पाउँनेछन्।
यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ।
देशैभरी लागू हुने यस योजनाअन्तर्गत विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा स्योर सट नगद उपहार दिने कम्पनीले बताएको छ।
प्रतिक्रिया दिनुहोस