नेपाल एयरलाइन्सले नारिता र ग्वान्जाओमा हप्ताको ३–३ उडान भर्ने


माघ १०, काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वान्जाओमा हप्ताको ३–३ उडान भर्ने भएको छ।

एयरलाइन्सले फागुन १९ गतेदेखि नारिता र चैत २ गतेदेखि ग्वान्जाओ उडान गर्ने जनाएको हो।

काठमाडौं–नारिता दुईतर्फि भाडादर ८० हजार रहेको कर्पोरेट प्रमुख अर्चना खड्काले जानकारी दिइन्। उनले सोमबार, बुधबार र शुक्रबार नारिता उडान हुने बताएकी छन्। यसको लागि टिकट बुकिङ खुलिसकेको जानकारी दिइन्।

यसअघि नेपाल एयरलाइन्सले जापानको ओशाका उडान भर्दै आएको छ। ओसाका टोकियोभन्दा टाढा रहेकाले नेपालीका लागि अपायक परेको भन्दै आलोचना हुँदै आएको थियो।

नेपाल वायुसेवा निगमलाई घाटा पुर्‍याउने गरी मदन खरेलले नारिता उडान छाडी किन ओशाका उडान गरेको भन्दै संञ्चालक समितिले स्पष्टीकरण समेत सोधेको थियो। खरेलले नेपाल वायुसेवा निगमबाट राजीनामा दिइसकेका छन्।

त्यस्तै चीनको ग्वान्जाओमा आइतबार, मंगलबार र बिहीबार उडान हुने कर्पोरेट प्रमुख खड्काले बताएकी छन्। टिकट दर भने छिट्टै सर्वाजनिक बताएकी छन्।

१० माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको