पुस ८, दाङ । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय सदस्य अस्विकार गरेका छन् । केपी समुहले मंगलवार सार्वजनिक गरेको केन्द्रीय सदस्यको लिष्टमा दाङबाट अध्यक्ष खड्कासहित १८ जनाको नाम समावेश थियो ।
पहिलेदेखि नै नेपाल समुहका अध्यक्ष खड्काले आफ्नो नाम ओली समुहको केन्द्रीय सदस्यमा देखेपछि त्यो पद अस्विकार गरेका थिए । जिल्ला अध्यक्ष खड्कासहित जिल्ला इञ्चार्ज समेतले संयुक्त विज्ञप्ति मार्फत ओली समुहको विरोध गरेका थिए ।
उनी निकट मानिने एक नेताले अध्यक्ष खड्काले ओलीको केन्द्रीय सदस्य पद अस्विकार गरेको जानकारी दिदएका छन् ।
यस्तै ओली समुहले केन्द्रीय सदस्य बनाइएका दाङको तुलसीपुरका मिलन चौधरीले पनि जिल्ला अध्यक्ष खड्काले केन्द्रीय सदस्य पद अस्विकार गरेको भन्ने कुरा आफुले सुनेको बताए ।
उनले नेकपा खड्का बाहेक अन्य सबै मनोनित केन्द्रीय सदस्यहरु मध्य लगभग सबै जना काठमाडौं गएको बताए । ओली समुहले बिहीवार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउने कार्यक्रम समेत तय गरेको छ ।
चौधरीका अनुसार बिहीवार दिउँसो १ बजे सपथका लागि आफुहरुलाई काठमाडौं बोलाइएको जानकारी दिए । मंगलवार नै ओली समुहले आफ्ना नयाँ मनोनित केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण समेत दिएको थियो । हाल आएर ओली खेमामा गएका चौधरी यसअघि प्रचण्डका समर्थक थिए । उनले दश बर्षे माओवादी सशस्त्र युद्ध भर तत्कालिन माओवादीमा रहेर काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस