फिल्मी शैलीमा लुट्ने गिराेहका एक सदस्य प्रहरी फन्दामा


पुस ८, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले फिल्मी शैलीमा लुट्ने गिराेहका एक सदस्यलाई पक्राउ गरेकाे छ ।

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले चोभार पुर्‍याइ लुटमा संलग्न एक पक्राउ परेका छन् ।

गत साउन ८ गते भोलाबहादुर जर्घामगर रत्नपार्कमाबाट मोटरसाइकलमा बसिरहेका उनी कलंकी जान खोजिरहेका थिए । सिन्धुली कमलामाई नगरपालिका-२ का उनलाई त्यसबेलै एक युवतीले लिफ्ट मागिन् ।

युवतीले उनलाई कलंकी पुर्‍याइदिन भनिन् र भोलाबहादुरले युवतीलाई कलंकी पुर्‍याए । महिलाले अनुराेध गर्दै युवती फेरि भोलालाई चोभारसम्म पुर्‍याइदिन अनुरोध गरिन्। भोलाबहादुर पनि युवतीको अनुरोध मानेर चोभार पुगे ।

तर, चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसिरहेका थिए । त्यहाँ पुगेपछि भोलालाई नियन्त्रणमा लिए ।

उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लुटेकाे महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।

लुटेसँगै युवती लिएर उनीहरू फरार भएका थिए । लुटपाटपछि उनी महानगरीय अपराध महाशाखामा उजुरी गर्न अाएकाे थापाकाे भनाई छ ।

त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ ।

घटनामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए ।

८ पुष २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको