२६ सय ६८ जना कोरोना संक्रमण मुक्त, १७ जनाको मृत्यु,


कात्तिक ७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्।

मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यो संगै नेपालमा हलासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

२०७७ कार्तिक ७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको