तोकेभन्दा बढी परीक्षण शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न मन्त्रालयको निर्देशन


असोज ७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेभन्दा बढी पिसिआर परीक्षण शुल्क लिने अस्पताल र प्रयोगशालाहरूको अनुगमन गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल र प्रयोगशालाहरूले बढी शुल्क लिएको गुनासो आएकाले सम्बन्धित निकायलाई अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको जानकारी गराएका हुन्।

पिसिआर परीक्षणको अनुमति र अनुगमन गर्ने जिम्मा भनेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो। अहिले देशभर ४९ वटा प्रयोगशालाहरूले पिसिआर परीक्षण गर्दै आएका छन्।

तीमध्ये केही प्रयोगशालाहरूले सरकारले तोकेभन्दा बढी शुल्क लिइएको पाइएपछि मन्त्रालयले ती प्रयोगशालाहरूको अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो।

मन्त्रालयले सबै प्रयोगशालाहरूलाई पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने भनेको छ।

७ आश्विन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको