काठमाडौँ उपत्यकामा ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि


असोज ७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६३७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ५० र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१७ हजार ४१४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् भने होम आइसोलेसनमा ९ हजार १८६ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार १०४ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७३ दशमलव ७ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ।

आइसीयूमा २२० र भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ६३६ जनाको मृत्यु भएको छ। बुधबार ७ जनाको मृत्यु भएको छ।

७ आश्विन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको