देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ८९३ डिस्चार्ज


असोज ७, काठमाडौं । बुधबार देशभर थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८९३ जना कोरोना संक्रमणबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए।

बुधबार थप ७ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४३६ जनामा कोरोना पुष्टि भएको छ।

२०७७ आश्विन ७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको