एनआरएनए टर्कीले भन्यो- ‘आधारहिन हल्ला फैलाइयो’

खाँदै नखाएको बिष लाग्यो: एनआरएनए टर्की अध्यक्ष घिसिङ


भदौ ७, काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद टर्कीले आफ्नो संस्थाविरुद्ध फैलाएको हल्ला आधारहीन भएको बताएको छ ।

आइतबार पोष्टपाटी मिडियाबाट ‘एनआरएनए टर्कीका अध्यक्ष र एजेन्ट ज्ञाल्जेन लामाले धम्की दिएको ऋतु मोक्तानको आरोप’ भन्ने समाचार प्रकाशित भएपछी विज्ञप्ति नै निकालेर समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङले आफुलाई लागेको सबै आरोप निराधार र तथ्यहिन रहेको बताएका छन् ।

उनले भने- मलाई खादै नखाएको बिष लाग्यो, यसरी हुँदै नभएको कुरा एक्कासी आउँदा सारै दुख लागेको छ, दुखमा परेका धेरै नेपालीको उद्दार गरियो, सहयोग गरियो, तर राम्रो काम गर्दा गर्दै पनि नराम्रो समाचार आउँदा दुख लाग्दो रहेछ ।

उनले आफ्नै नजिकको मान्छेले कसैलाई प्रयोग गरेको तर्फ इंकित गर्दै यो घटना सोचनीय र छानिविनको विषय भएको बताए । उनले भने- ‘मलाई लगाइएको आरोपको पुष्ट्याई गरियोस, लामो समयदेखि म प्रवासमै छु, आजसम्म मैले २/४ पैसाको लोभ गरेको छैन,  त्यसैमा मलाइ दुख परेका चेलीको पैसा किन चाहियो ?,’

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद टर्कीका प्रबक्ता विकास सुनामद्वारा जारी विज्ञप्तिमा समाचार तथ्यहिन भएको भन्दै उक्त समाचारले व्यक्ति तथा संस्थाको चरित्रहत्या र मानहानी गरेको बताएको छ ।

‘तत्कालिन समयमा मानसिक सन्तुलन गुमाएकि महिलालाई बारम्बार अस्पताल पुराउन खोज्दा उनी नमानेको, एम्बुलेन्स र प्रहरी समेत बारम्बार आएर अस्पताल लैजान चाहेको र कम्तिमा एकजना जिम्मेवार आफन्त चाहिने भनेको हुँदा, बिना कुनै जिम्मेवार आफन्त मानसिक अस्पतालले भर्ना लिन नमानेको हुँदा अध्यक्ष ज्यु स्वयंले आफ्नै खर्चमा कम्तिमा ३ वटा अलग अलग नेपाली चेलीबेटी बस्ने डेरामा अनुनयविनय गरि राखेको, उनको सम्पुर्ण खर्च र रेखदेखको जिम्मेवारी लिएको, निज विमारी महिलाको कारण अप्ठेरो भएर घरमा राख्न नमान्दा रातदिन नभनी कोठा परिवर्तन गरेको बास्तबिकता देखिएन,’ जारी विज्ञप्तिमा भनिएको छ ।

उनलाई नेपाल फर्काउन, NRN ICC, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली दुतावास पाकिस्तान, विभिन्न सांसद तथा अन्य जिम्मेवार निकाय तथा व्यक्तिहरुलाई अनुरोध गरेर एउटा फ्लाइट टर्कीबाट नेपाल पुर्याएको जनाएईको छ ।

नयाँ संस्था भएको र कोरोना भाइरस महामारीको कारण आर्थिक अबस्था उथलपुथल भएको हुँदा उनको टिकट बापत नेपाल सरकारले मान्यता दिएको (६७५ अमेरिकि डलर) तत्कालिन एक्स्चेन्ज दरमा नेपाली ८१ हजार रुपैया उनको श्रीमान सहितको सहमतिमा ट्राभल एजेन्सीलाई पठाएर टिकट लिएको कुरालाई अतिरञ्जित गरिएको हुँदा ऋतु मोक्तान र पोष्टपाटी मिडियालाई क्षमायाचनाको लागि अनुरोध समेत गरेको छ ।

यता टर्कीमै बसिरहेका ज्ञाल्जेन लामाले पनि आफुलाई लगाएको आरोप निराधार रहेको बताएका छन् । उनले आफुलाई लगाएको आरोमा कुनै सत्यता नभएको र पिडित बहिनीलाई आफुले सकेको सहयोग गरेको बताएका छन् ।

उनले भने- ‘आरोप लगाउनेले प्रमाणसहित ल्याएर देखाए भो नि, किन मिडियाबाजी गर्नु पर्यो’, । आफुलाई लागेको आरोपलाई प्रमाणित गर्न चुनौति समेत दिएका छन् ।

 

हेर्नुस विज्ञप्ति

प्रेस विज्ञप्ति
स्थापनाकाल भन्दा वर्षौ अघि देखि हाल गैह्रआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति टर्कीका सम्मानित अध्यक्ष लगायत पदाधिकारीहरुले टर्की नेपाली समाजको रुपमा टर्कीमा समस्या ग्रस्त प्रवासी नेपाली समुदायहरुको उद्धार, सरसहयोग र विभिन्न रचनात्मक, चेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको यथार्थ सर्व विदितै छ । तर विभिन्न वैधानिक समस्याहरुका कारण उद्धार तथा राहत प्रक्रियामा समस्या आएको हुँदा टर्की नेपाली समाजलाई व्यापक राष्ट्रिय अन्तर्राष्ट्रिय सरसल्लाह मार्फत हामीले सम्मानित गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मातहत टर्की समन्वय समितिमा रुपान्तरण गरेका छौं ।

हालै सामाजिक संजाल फेसबुकमा unisha unish नामले चिनिने ऋतु मोक्तान ज्युको केही फेसबुक पोस्टहरु र आज २३ डिसेम्बर, 2020 को दिन उनले पोस्टपार्टी मिडिया नामक एक अनलाइन समाचार संप्रेषकलाई दिएको समाचार र समाचार लेख्ने पोस्टपार्टी मोडिया प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा लेखिएको भ्रामक विषय तथा भनाइहरुले व्यक्तिको चरित्रहत्या र मानहानी गरेको छ । कुनैपनी समाचार लेख्ने संस्थाले आउने विषयलाई गम्भीर रुपमा अध्ययन अनुसन्धान गरेर मात्र लेख्नपर्ने हुन्छ । तर पोस्टपार्टीले आधारहिन विषयलाई बिनाकुनै तथ्य र प्रमाण सम्प्रेषण गरेको हुँदा हामी NRN NCC Turkey घोर आपत्ती जनाउदछौं ।

निज तत्कालिन समयमा मानसिक सन्तुलन गुमाएकि महिलालाई बारम्बार अस्पताल पुराउन खोज्दा उनी नमानेको, एम्बुलेन्स र प्रहरी समेत बारम्बार आएर अस्पताल लैजान चाहेको र कम्तिमा एकजना जिम्मेवार आफन्त चाहिने भनेको हुँदा, बिना कुनै जिम्मेवार आफन्त मानसिक अस्पतालले भर्ना लिन नमानेको हुँदा अध्यक्ष ज्यु स्वयंले आफ्नै खर्चमा कम्तिमा ३ वटा अलग अलग नेपाली चेलीबेटी बस्ने डेरामा अनुनयविनय गरि राखेको, उनको सम्पुर्ण खर्च र रेखदेखको जिम्मेवारी लिएको, निज विमारी महिलाको कारण अप्ठेरो भएर घरमा राख्न नमान्दा रातदिन नभनी कोठा परिवर्तन गरेको बास्तबिकता देखिएन ।

उनलाई नेपाल फर्काउन, NRN ICC, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली दुतावास पाकिस्तान, विभिन्न सांसद तथा अन्य जिम्मेवार निकाय तथा व्यक्तिहरुलाई सयौं अनुरोध गरेर एउटा फ्लाइट कमसेकम टर्कीबाट नेपाल फर्काएका थियौं । तर हामी नयाँ संस्था भएको हुँदा र कोरोना भाइरस महामारीको कारण आर्थिक अबस्था उथलपुथल भएको हुँदा उनको टिकट बापत नेपाल सरकारले मान्यता दिएको (675 अमेरिकि डलर) तत्कालिन एक्स्चेन्ज दरमा नेपाली 81000 रुपैया उनको परिवार( श्रीमान सहित)को सहमतिमा ट्राभल एजेन्सीलाई पठाएर टिकट लिएको कुरालाई अतिरञ्जित गरिएको हुँदा निज ऋतु मोक्तान ज्यु र पोस्टपार्टी मिडियालाई समेत यो समाचार फिर्ता लिन तथा क्षमायाचनाको लागि अनुरोध गर्दछौं ।

धन्यवाद
विकास सुनाम
प्रवक्ता – गैह्रआवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, टर्की ।

 

२०७७ भाद्र ७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको