एनआरएनए टर्कीका अध्यक्ष र एजेन्ट ज्ञाल्जेन लामाले धम्की दिएको ऋतु मोक्तानको आरोप

ऋतु मोक्तान 'युनिषा'

भदौ ७, अंकरा । एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वल घिसिङ र त्यहाँ एजेन्टको रुपमा काम गरिरहेको ज्ञाल्जेन लामा लगायतका ब्यक्तिहरुले आफुलाई बारम्बार डर धम्की दिदै आएको ऋतु मोक्तान ‘युनिषा’ले आरोप लगाएकी छ्न ।

उनले फोन मार्फत बारम्बार आफुलाई धम्क्याउने मात्रै नभएर अन्य मान्छेहरु समेत लगाएर लगातार मानसिक यातना दिदै आएको आरोप समेत लगाएकि छ्न ।

मानसिक संतुलन गुमाएका हेटौंडाकि मनु लामालाई एनआरएन टर्किले उद्धार गरेको तर आफुलाई एनआरएन टर्किका अध्यक्ष बताउने उज्ज्वल घिसिङले मनुका श्रीमानसंग एक लाख पचास हजार मागेको मोक्तानले बताएकी छन् ।

‘जब कि नेपाल पठाउनलाई ६०/७० हजारले पुग्थ्यो । तर मनुको श्रीमानले ऋण खोजेर ‘यो भन्दा मैले सक्दैन’ भनेर ८१ हजार मात्रै पठादिएका रहेछन् । नेपाल पठाउनलाई त्यत्रो रकम लाग्दैन त भनेर मनुको श्रीमानकै आग्रहमा पठाइदिएको त्यो रिसिप्ट सामाजिक संजालमा पोष्ट गरे ।” मोक्तानले भनिन ।

जब कि पोष्टमा कसैको नाम उल्लेख गरेको थिइन । तर आफुलाई एनआरएन अध्यक्ष बताउने उज्ज्वल घिसिङ, श्यामकला राई, सोनाम शेर्पा र एजेन्ट ज्ञाल्जेन लामाले तिमी को हौ ? यो बिषय चासो राख्ने भनेर फोन र म्यासेज गरेर धम्की दिन थालेको उनले पोष्टपाटीलाई बताएकी छन ।

१ लाख ५० हजार मागिएकोमा ८१ हजारमै काम बन्यो तब अतिरिक्त पैसाको माग किन गरियो भन्ने जिज्ञासा लागेर सामाजिक संजालमा पोष्ट गरेकोमा उनिहरुको टाउको किन दुख्यो ? आफुले बुझ्न नसकेको मोक्तानले बताईन ।

मनु २०७६ साल साउन ७ गते टर्कि उडेकी थिइन् । उनलाई टर्किमै बस्ने तारा रानाले काठमाडौँको बसुन्धरामा रहेको मदरल्याण्ड ओभरसिज म्यानपावरमा कन्ट्याक गराईदिएको र टर्कि जानलाई सबै चाजोपाजो सोहि म्यानपावरले मिलाएको मनुका ससुरा जित बहादुर गोलेले जानकारी दिए । बुहारीलाई टर्कि पठाउदा १ लाख ९० हजार मदरल्याण्ड ओभरसिजलाई नै बुझाएको गोलेले बताए । श्रम स्वीकृति र मेडिकल खर्चसहित जम्मा उनले २ लाख ५० हजार खर्च गरेकी थिइन् !

उनै मनुपछि मानसिक सन्तुलन गुमाएपछी एनआरएन टर्कीको सहयोगमा उनलाई नेपाल फर्काइएको थियो ।

पहिले ज्ञाल्जेन लामाले आफैले पैसा हालेर मनुलाई नेपाल पठाएको कुरा आफुसंग गरेको मोक्तानले बताएकी छन । तर मनुको श्रीमानले पैसा आफुहरुले प्रवास ट्राभललाई ८१ हजार पठाएपछि मात्रै मनु नेपाल आउन सफल भएको बताए ।

पैसा पठाएको रसिद सहित १ लाख ५० हजारको कुरा उठाएर सामाजिक संजालमा पोष्ट गरेको केही दिनमा उज्ज्वल घिसिङकै दबाबका कारण मनुको श्रीमानले मुद्दा मामिला गर्न हामीसँग पैसा नभएको जनाउँदै आफुलाई त्यो पोष्ट डिलिट गर्न लगाएको बताएकि छन् ।

पोष्ट डिलिट गरिसकेपछि पनि उज्ज्वल घिसिङ लगायत श्यामकला राई, सोनाम शेर्पा र ज्ञाल्जेन लामाले आफुलाई बारम्बार धम्की दिदै आएकोले आफू तनाबमा रहेको कुरा पनि बताएकी छन । सोनाम शेर्पाले त उल्टै आफुलाई पनि मानसिक अस्पतालमा पु-याइदिने धम्की दिएकाले बाध्य भएर मिडियामा आएको उनको भनाई छ ।

२०७७ भाद्र ७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको