नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो


साउन ८, काठमाडौं | नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुष रहेका छन् ।

उनमा श्वास प्रश्वासमा कठिनाई भइ नारायणी अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएकोमा साउन ७ गते मृत्यु भएको हो । मृत्युपश्चात स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना उनमा पोजिटिभ देखिएको हो । यो सँगै मृत्यु हुनेको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । जसमध्ये ४२ जना नेपाली र १ जना विदेशी रहेका छन् ।

बितेको २४ घण्टामा नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको प्रवक्ता गौतमले बताए ।

८ श्रावण २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको